विनोद चौधरीको पद खारेजीको माग गर्दै उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

उद्योगपति तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चोधरीको पद खारेजीको माग गर्दै उजुरी परेको छ।

केन्द्रीयय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र(३ का महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुल्ला मधेशीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन ।

चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफुलाई बिजयी घोषित गर्न डा. यादवले माग गरेका छन् ।निर्वाचनमा डा. यादव चौधरीसँग पराजित भएका थिए । यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेस गरेका छन् ।

  • २२ पुष २०७८, बिहीबार ०९:४१ प्रकाशित