काठमाडौं ।
आजदेखि फेरि देशभर हिउँदे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजदेखि शनिबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा महाशाखाको अनुरोध छ ।
बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गएराती पोखरासहित देशका विभिन्न भागमा वर्षा भएको थियो ।