कास्की एमालेको सर्वसम्मत अध्यक्ष हुन्छुः का.व. अध्यक्ष मनबहादुर गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङले अध्यक्षका लागि दावेदार रहेको बताएका छन् ।

पौष २३ गते हुने १० औँ जिल्ला अधिवेशनको सन्दर्भमा बुघवार आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

कास्कीमा सर्वसम्मत नेतृत्व चयन हुने उनले बताए । आफु कार्यवहाक अध्यक्ष रहेको कारण पनि अध्यक्षको दावेदार रहेको उनले प्रस्ट पारे ।

नेताहरुले सर्वसम्मत नृतृत्व चयन गर्न सहयोग गर्ने बताएका गुरुङले प्रकृतिक न्यायको आधारमा पनि आफु अध्यक्षको लागि योग्य रहेको बताए ।

पार्टीमा कुनै गुट नरहेको पनि उनले बताए । पार्टीको नेता अध्यक्ष केपी शर्मा ओली हो, उनले भने, हामी सबै केपी ओली गुटका हौँ ।
निर्वाचनमा लोकतान्त्रीक प्रकृया पनि हो त्यसकारण धेरैको दवी हुनु अन्यथा नरहेको उनले बताए ।

अधिवेशनको तयारी अन्तिम चरणमा रहेको गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न १० उपसमिति बनाईएको छ । अधिवेशनका लागि पालिका मातहतका ७२ वडाहरु , विशेष इलाका कमिटीहरु, गाउँपालिकाहरु, महानगरपालिका, जनवर्गीय संगठन, सल्लाहकार परिषद् आयोजक जिल्ला कमिटी पदाधिकारी तथा सदस्य गरि ७१४ प्रतिनिधि छनोट भइसकेको कास्की एमालेले जनाएको छ ।

अधिवेशन पोखरा सभागृहमा विहान १० बजेबाट सुरु हुने र अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गर्ने पात्रकार सम्मेलनमा प्रचारप्रचार उप–समितिका संयोजक तेजनारायाण अधिकारीले जाकारी दिए ।

  • २१ पुष २०७८, बुधबार १५:२६ प्रकाशित