पोखरा ।
आज साताको चौथो दिन बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १८ पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड स्टलिङको एकको खरिददर १६० रुपैयाँ ७६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ ।