चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभर चिसो बढिरहेको छ । हिजोसम्म खुलेको मौसम आजदेखि फेरि बदली भएको छ । केही दिन देखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजिवन कठिन भएको छ।

चिसोकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो ।

 

  • २१ पुष २०७८, बुधबार ०९:०१ प्रकाशित