राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले कति सम्म खर्च गर्न पाउँछन ? रकम विवरणसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले आज बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली २०७६ को नियम ४६ को उपनियम (१)सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन/घोडा सत्तरी हजार र सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दाना समेत० १० हजार तोकेको छ ।

यस्तै प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार गोष्ठीरअन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हिजो मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।

  • २१ पुष २०७८, बुधबार ०८:५६ प्रकाशित