ललिता निवास प्रकरणका अभियुक्त ढकाल दम्पत्तिविरुद्ध १ अर्ब २० करोडको राजश्व छलीको अभियोग

केन्द्रभाग मिडिया

काठमाडौं।
ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल जेलमा छन् । बालुवाटारस्थित जग्गा प्रकरणमा मुछिएका भूमाफिया ढकालले अरबभन्दा बढी रुपैयाँका राजश्व छलेको खुलेको छ ।

ढकालमाथि राजश्वर अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । जसमा उनीसहित पाँचजनाविरुद्ध एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ को राजश्व छलीको आरोप छ । उक्त रकम बिगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुलका साथै ३ वर्ष जेल सजायको माग समेत गरिएको छ ।

मुद्दा दर्ता गरिएकामा शोभाकान्त ढकालकी पत्नी उमा कुमारी ढकाल पनि छन् । यसैगरी, सरोज ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठमाथि पनि मुद्दा दायर गरिएको छ । श्रेष्ठ राजेश्वर एन्ड कम्पनी नामको लेखापरिक्षण गर्ने फर्मका लेखापरीक्षक तथा प्रोपराइटर हुन् ।

  • २० पुष २०७८, मंगलवार १७:५४ प्रकाशित