गण्डकी अपडेटः १३ जनामा संक्रमण,१४४ सक्रिय संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ८ जना निको भएका छन् ।
निर्देशनालयको अनुसार ११६ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका १० र नवपरासी पूर्वका ३ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ४८४ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९१३ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५६ हजार ६९५ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १४४ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १२६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

  • २० पुष २०७८, मंगलवार १७:०१ प्रकाशित