पोखरा ।
आई एन एफ नेपालद्धारा पोखरा महानगरपालिका वडा नम्बर २० लाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात भन्ने मुल नाराका साथ आई एन एफ नेपालले कोभिडको वर्तमान अवस्था र आउन सक्ने तेश्रो लहरलाई मध्यनजर गरी वडालाई ६ थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सामाग्री प्रदान गर्दै आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले विशेषगरी कोभिडबाट प्रभावित भएकाहरुलाई समाजमा अझैपनि हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउदैँ उनीहरुलाई मनोपरामर्श गर्ने कामसँगै कोभिड लागेका र कोभिडपछि पनि अफ्ठेरोमा परेकाहरुलाई समेत उपचारमा सहयोग गर्दै आइरहेको वताए ।
कोभिडको प्रभावमा परेका अपांग, एकल महिला तथा विपन्न परिवारलाई उपचारमा समेत सहयोग गर्दै आइरहेको र आगामी दिनमा पोखरा २० मा रहेको विपदमा परेका अति विपन्न परिवारलाई समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
त्यस्तै आई एन एफ नेपालका कार्यक्रम ब्यवस्थापक श्याम बिकले आफुहरुको संस्थाले विभिन्न वडाहरुमा समेत स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आइरहेको र आगामी दिनमा पनि पोखरा महानगरपालिकाभित्रका विभिन्न वडाहरुमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने वताए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले सरकारी क्षेत्रसंगै विभिन्न संघ सस्थाको सहयोगकै कारण आफुहरुलाई वडामा काम गर्न सहज भएको वताए ।
सरकारी क्षेत्रबाट सिमित मात्रामा बजेट आउने भएकाले आफुहरुलाई काम गर्न कठिनाइ भइरहेको अवस्थामा आइ एन एफ नेपाल जस्ता विभिन्न संघ सस्थाको सहयोगबाट काम गर्नमा थप सहयोग भएको उनको भनाइ रहेको थियो ।
आई एन एफ नेपालले कोभिडको वर्तमान अवस्था र आउन सक्ने तेश्रो लहरलाई मध्येनजर गरी अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विपदमा परेकाहरुलाई सहयोग गर्नका लागी आइ एन एफ नेपाल संग सहकार्य गरी अगाडि वढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा अक्सिजन सिलिण्डर सहित, मास्क, पिपिइ, सेनिटाइजर, थर्मोमिटर, अक्सिमिटर, विपि सेट, अक्सिजन क्यानला,नाइलन डोरी लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो ।