गुप्तचरको प्रमुख बन्न यी दुई एआईजी प्रतिस्पर्धामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले अवकाश लिने भएपछि सरकारले गुप्तचरको नयाँ प्रमुख नियुक्त गर्ने भएको छ ।

मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले पुस २२ बाट अवकाश पाउन लागेका हुन् । गुप्तचरको नयाँ प्रमुख बन्नका लागी यतिबेला दुईजना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक प्रतिस्पर्धामा रहेका छन् ।

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) यदुलाल खरेल र यादव रेग्मी प्रमुखको दाबेदार रहेको बताइएको छ।

बिहीबार सिंहदरबारस्थित विभागको मुख्यालयमा उनको बिदाइ कार्यक्रम राखिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २३ मा दिलीप रेग्मीलाई हटाएर अधिकारीलाई मुख्य अनुसन्धान निर्देशक नियुक्त गरेका थिए ।

  • २० पुष २०७८, मंगलवार १६:१८ प्रकाशित