राष्ट्रियसभा निर्वाचनः माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार, को -को छानिए ?(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांगरअल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार छनोट गरेको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ ।

  • २० पुष २०७८, मंगलवार १०:०९ प्रकाशित