गण्डकी अपडेटः १९ जनामा संक्रमण, १२ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने १२ जना निको भएका छन् ।
निर्देशनालयको अनुसार १७१ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका १४, स्याङ्जाका १,बागलुङ र तनहुँका १ र नवपरासी पूर्वका २ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ४७१ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९०५ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५६ हजार ५७९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १३९ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १२३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

  • १९ पुष २०७८, सोमबार १६:४७ प्रकाशित