कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (केन्द्रीय कार्यालयका मुख्य सचिव), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (रुपन्देही), कर्णालीमा दुर्गाकुमारी गुरुङ (सुर्खेत) र सुदूरपश्चिममा नारायणदत्त मिश्र (कन्चनपुर) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको विधानमा संघीय सांसद उम्मेदवारको निर्णय संसदीय समितिले गर्ने उल्लेख भए पनि समिति गठन नभएकोले केन्द्रीय कार्य समितिबाट उम्मेदवारको टुंगो लगाएको हो । ती नाममा सर्वसम्मत निर्णय भएको कांग्रेसका नेता रामहरी खतिवडाले जानकारी दिए ।

 

 

  • १९ पुष २०७८, सोमबार १६:३१ प्रकाशित