काठमाडौं ।
नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाले मंगबारको केन्द्रीय समिति बैठकमा सहभागी भएका पौडेललाई देस्रो वरियतामा राखेका हुन् । सभापति देउवाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । पौडेल १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी भएका थिएनन् ।
उनले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।
सभापतिमा पराजित कोइरालाको वरियतालाई लिएर कांग्रेस भित्र असन्तुष्टि समेत देखिएको छ । कोइरालाले भने विधान अनुसार सभापतिले आफ्नो अधिकार प्रयाग गरेकोमा आफ्नो कुनै गुनासो नरहेको बताएका छन् ।