काठमाडौं ।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्योल कायमै छ ।
महासचिवमा जर्नादन शर्मा र वर्षमानको पुनको चर्चा चलिरहँदा फेरि अर्को नामको चर्चा सुरु भएको छ । बलियो दाबेदार मानिएका शर्मा र पुनको सम्भावना कमजोर बन्दै गइरहेको बताइएको छ । दुबै नेताको तलसम्म गुट भएको र एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै प्रचण्डले तेस्रो विकल्पमा जान सक्ने संकेत गरेका छन् ।
पुन र शर्माबाहेक महासचिवमा पम्फा भुसालको दाबी थियो ।तर महासचिव होडमा देव गुरुङको इन्ट्री भएको छ। सिनियर र जनजाति पनि भएकाले गुरुङको महासचिव हुने सम्भावना रहेको बताइएको छ तर अहिले यकिन साथ भन्न सकिने अवस्था भने छैन ।
आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ ।