मनाङ : हिमपहिरोमा परी वेपत्ता गुरुङ चारदिन पछि मृत भेटिए

केन्द्रभाग मिडिया

पोखरा ।

मनाङमा हिमपहिरोमा परी एक पुरुषको ज्यान गएको छ ।

मनाङ नासो गाँउपालिका ४ ओडार बस्ने वर्ष ५५का आजुङ लाटा गुरुङ भन्ने आच्यु गुरुङको हिमपहिरोमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

तपकी स्थित भेडी गोठबाट घर फर्कने क्रममा दफाडी जंगलमा हिमपहिरोमा परी वेपत्ता उनी आज बिहान ८ बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यही पुस १४ गतेबाट बेपत्ता उनी चार दिनपछि आज मनाङ नासो गाँउपालिका ४फ्लेमरो जंगलस्थित रउ भिरमा हिउँले पुरिएको अवस्थामा मृत भेटिएका हुन् ।

  • १८ पुष २०७८, आईतवार १६:०९ प्रकाशित