काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
देउवाले काँग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा २१ को उपधारा ९१०० बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।