डा. कोइराला भन्छन्ः पार्टीलाई चुनावमा जिताउने मेरो अभियान हो, वरियता र ६० ४० को भाग खोज्दीन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा भागबण्डा नखोज्ने बताएका छन् । उनले वरियता क्रमका वारे पनि विधान अनुसार भए आफुलाई कुनै आपत्ती नरहेको प्रष्ट पारे ।

हिजो ६०–४० को भागबन्डा गरेर रामचन्द्रजीले पनि गलत गर्नुभयो, शेरबहादुरजीले पनि गलत गर्नुभयो । मेरा लागि ६०–४० महत्त्वपूर्ण होइन । शेरबहादुरजी विधिसम्मत हिँड्नुभयो भने ठीकै छ नि । हामी तीनवटा निर्वाचनमा फोकस हुन्छौं ।”

आफूले हारे पनि कांग्रेस र लोकतन्त्रले जितेको उनले बताए । उनले थपे, “व्यक्तिको हारजितभन्दा पनि कांग्रेसले हार्यो कि जित्यो ? त्यो महत्त्वपूर्ण हो । कांग्रेसले जितेको छ । लोकतन्त्रले जितेको छ । अधिवेशन हुँदैन भन्ने शंशय थियो । मेरो कारणबाट नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो भएको छ ।”

म झिनामसिना कुरामा जान चाहन्न । मलाई १८ सय ५५ जना साथीहरुले मत दिएर मेरो वरियता राखिसक्नुभएको छ । त्यति भए पुग्यो मलाई । डा. शेखर कोइरालालाई २० नम्बरमा किन राख्नुभयो ? शेरबहादुरजीलाई नै सोध्नुस् । कसलाई कहाँ राख्ने मेरो सरोकारको विषय होइन । नेपाली कांग्रेसको विधान, पद्धति अनुसार गर्नुभएको होला सभापतिले । सभापतिले गलत काम गरे म बोल्छु, विधानसम्मत कुरामा मैले बोलेर के फाइदा ?”

नेपाली कांग्रेसका नेता डा‍ शेखर कोइरालाले १० जना केन्द्रीय सदस्य मनोनयनमै पार्टी शेरबहादुर देउवाले गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् ।

नेता कोइरालाले भने, “नेपाली कांग्रेको समस्या के हो भने सभापतिले नै गुटबन्दी गर्न थालिसक्नुभयो । १० जना केन्द्रीय सदस्य मनोनयन गर्दा महेश आचार्य, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई किन गर्नुभएन ? अब पार्टीका साथीहरुले पक्कै सोध्नुहुन्छ ।” १० जनामा ५ जना पराजित उम्मेदवारलाई किन ल्याउनुभयो त ? शेरबहादुरजीले गुटको बिजारोपण मनोनीतबाट सुरु गरिसक्नुभयो ।

मनोनयन गर्न बाँकी छ भन्ने हो भने रामचन्द्र पौडेलजीलाई मात्र एक्लै किन गर्नुभएन ? एक्लै केन्द्रीय सदस्य बनाएको भए पो रामचन्द्रजीलाई सम्मान हुन्थ्यो । पार्टीभित्र ती ५ जनाको जरुरी छ भन्ने हो भने महेश आचार्य, चन्द्र भण्डारी, मीनेन्द्र रिजालको पनि जरुरी छ ।” हामीले त अब गुटबन्दी नगर्नुस् भनेको हो । रिपोर्टस् नेपाल डटकमबाट

  • १८ पुष २०७८, आईतवार १३:०८ प्रकाशित