माओवादी महाधिवेशनः सहमति नभए यस्तो छ निर्वाचन कार्यतालिका

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रले सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ ।

आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुल्लातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।

हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा क्लस्टर मिलाएर पूर्णता दिने तयारी छ ।माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । कथंकदाचित् भइहालेमा वा औपचारिकता पुरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २:३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३:४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४:१० सम्म, छानविन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुनस्प्रकाशन ४:४० सम्म, उम्मेदवारको नाम फिर्ता ५:३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५:४५ बजेसम्म तोकिएको छ ।

निर्वाचन हुने भएमा मतदान ६:२५ देखि राति १०:२५ बजेसम्म गर्ने कार्यक्रम छ ।

  • १८ पुष २०७८, आईतवार १०:०१ प्रकाशित