देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित, यी हुन् मनोनित हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

  • १७ पुष २०७८, शनिबार १६:४० प्रकाशित