विविध कार्यक्रम गरि मनाईयो टोपी दिवस

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाईएको छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले आज काठमाडौंको भृकुटीमण्डपमा भेला भएर टोपी दिवस मनाएका हुन् ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाईएको युवाहरुको भर्ना छ ।

यस्तै देशका विभिन्न स्थानमा पनि टोपी दिवस मनाइएको छ । पछिल्ला वर्षमा टोपी दिवस मनाउने क्रम बढेको छ ।

  • १७ पुष २०७८, शनिबार १३:३३ प्रकाशित