पोखरा।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १० भित्रका तीन लायन्स क्लबका सदस्यहरुको एक कार्यक्रमबीच संयुक्त पदस्थापन सम्पन्न भएको छ ।
हिजो(विहिवार) जोन १० अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा आदर्श चौतारी, बाराही टाउन र युनियन टाउनका सदस्यहरुको संयुक्त पदस्थापन सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत राम बसेलले क्लबका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापना गराएका थिए ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्टिक्ट गर्भनर चन्द्रकुमार केसीले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायनवादको सिद्धान्त र मान्यता बारे जानकारी गराई लायनवादको सपथ खुवाएका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बसेलले लायन्स क्लब अफ पोखरा बाराही टाउनको स्पोन्सरमा गठन भएको लियो क्लब, लियो क्लब अफ पोखरा बाराही टाउनको उद्घाटन गरेका थिए । लियो क्लबमा अमित गुरूङ अध्यक्ष रहेका छन ।
कार्यक्रममा लायन बर्ष सन् २०२१/२२ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा बाराही टाउनका सुकमाया गुरूङ, आदर्श चौतारीका बसन्तराज कोईराला, युनियन टाउनका वीरेन्द्र राज भुर्तेलले आ–आफ्ना कार्यकालमा भए गरेका गतिवधि सहितका प्रतिवेदन र २०२२/२३ का लागि पदस्थापित अध्यक्षहरू लायन्स क्लब अफ पोखरा बाराही टाउनका गंगा शर्मा केसी, आदर्श चौतारीका रुकबहादुर गुरूङ, युनियन टाउनका कृष्णप्रसाद आचार्यले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

समारोहमा मदरल्यांड मावि कक्षा ४ मा अध्ययनरत विद्यार्थी प्रमिशा केसीले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन ।कार्यक्रममा विभिन्न ३ वटै क्लबहरूबाट नेपाल लायन्स फाउण्डेशन र एलसीआईएफमा कंट्रीब्यूसन, डिष्ट्रिक्टको नयाँ भवन निर्माण लगाएतका विभिन्न कार्यमा प्रतिवद्धता सहित नगद रक़म लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट ट्रेजरर सूर्यनारायण बराललाई अध्यक्षहरूले हस्तान्तरण गरेका थिए ।
समारोहमा डिष्टिक्ट गर्भनर राम बसेलले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता र गर्न बाँकी रहेका सबै सेवाकार्यहरूलाई बर्ष २०२२/२३ मा अगाडी बढ़ाउदै ‘ म टिमवर्कमा विश्वास गर्दछु’ (आई विलिभ ईन टिम वर्क) भन्ने नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न र सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गरेका थिए ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनका लायन बर्ष २०२१/२२का अध्यक्ष सुकमाया गुरूङ र लायन्स क्लब अफ पोखरा युनियन टाउनका लायन बर्ष २०२२/२३ का अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम र द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगाना, डिष्ट्रिक्ट एओजी आरती अधिकारी, रिजन चेयरपर्सन मोहनराज पौडेल, जोन चेयर पर्सन रोजी श्रेष्ठ लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका २०२१/२२ का सचिव सूर्यप्रसाद पोखरेल, २०२२/२३ का सचिव भगवान श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।















