काठमाडौँ ।
काठमाडौंको फाहोर फालिदैं आएको बञ्चरेडाँडाका स्थानीयले फेरि फाहोर फाल्न नदिने चेतावनी दिएका छन् ।
काठमाडौं महानगरपालिकाले ७ दिनदेखि थुप्रिएको फोहोर आजदेखि उठाउने सूचना जारी गरेको थियो तर फोहोर फालिने स्थान नुवाकोट र धादिङका स्थानीय भने आक्रोशित भएका छन्।
ल्यान्डफिल साइटका स्थानीयले सरकारले यसअघि गरेको निर्णय कार्यान्वयनमा ध्यान नदिएको भन्दै आगामी भदौ १ बाट फोहोर लान नदिने बताएका छन्। सहमतिअनुसार आफूहरुको माग पूरा नभएको, जनजीविकासँग महानगरपालिकाले कुनै सरोकार नराखेको स्थानीयको आरोप छ।
ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार बुधबार हिजो (११ साउन) मा सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर ज्ञापनपत्र बुझाइएको छ।
संवदेशनशील क्षेत्रमा बसोबास गरिरहेको बस्तीका मानिसहरुलाई चाँडोभन्दा चाँडो नसारे सधैंका लागि फोहोर लान नदिने चेतावनी समितिले दिएको छ।
संघर्ष समितिले आज ९बिहीबार० दिउँसो पत्रकार सम्मेलन गरेर आफ्ना समस्या सुनाउने भएको छ।














