चीनको वुहानमा फेरि लकडाउन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पहिलो पटक कोरोनाभाइरस देखिएको चीनको सहर वुहानमा फेरि लकडाउन भएको छ ।

जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।वुहान उपनगरको जनसंख्या १० लाख छ ।

चीनले ‘शून्य कोभिड’ रणनीति अपनाउँदै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

  • १२ श्रावण २०७९, बिहीबार १०:१२ प्रकाशित