तनहुँ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।














