साताको पहिलो दिन यस्तो छ डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको छ । भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९२ रुपैयाँ १० पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ ।

  • ८ श्रावण २०७९, आईतवार ०९:२३ प्रकाशित