नेपालमा पनि भेटियो अत्यधिक संक्रामक ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’

केन्द्रभाग मिडिया

काठमाडौं ।

अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि भेटिएको छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ)मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् ।

नेपालमा अहिले सम्म बीएफ.वान देखिएको थिएन ।ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ अहिलेसम्मकै संक्रामक मानिएको छ अस्पतालले जनाएको छ।

अस्पतालको अनुसार जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए.फाइभ’ देखिएको छ ।यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ ।पछिल्लो दुई हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमा दोस्रो डोज खोप लगाएकाहरु पनि पाइएको छ ।

  • ५ श्रावण २०७९, बिहीबार १६:१३ प्रकाशित