लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त भएका नरेशसिंह बोहराले मंगलबार पदबहाली गरेका छन् । बैंकले दोस्रो कार्यकालको लागि सिइओमा बोहरालाई २ साउनबाट लागू हुने गरी चार वर्षको पदावधिसहित नियुक्ति गरेको हो ।
एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ । पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनीत अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति थियो ।
लुम्बिनी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नियुक्तिको विषयलाई लिएर विवाद छ । व्यापारिक घराना ज्योति ग्रुप र गुण एयरलाइन्सका सञ्चालक समेत रहेका अर्का व्यवसायी राजेन्द्र शाक्यबीच कसलाई सीईओ बनाउने भन्ने विषयमा सहमित बन्न नसक्दा विवाद सिर्जना भएको थियो ।