गर्मी अत्यधिक बढेपछि सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

केन्द्रभाग मिडिया

बुटवल ।
गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।

वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।

  • २ श्रावण २०७९, सोमबार १७:०४ प्रकाशित