काठमाडौं ।
काठमाडौंका सडक बालबालिकाको मिर्गौला झिकेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।
विभिन्न प्रलोभन देखाएर गिरोहको एउटा समूहले भारत लगेर मिर्गौला झिक्ने गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र विमलबहादुर शाही तथा झापाका आशिष् तामाङ छन् ।
पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसार प्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्युरोले जनाएको छ।














