तनहुँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो इच्छाभन्दा पनि पार्टीको आवश्यकता अनुसार उम्मेदवारी दिने बताएका छन् ।
दमौलीमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको निर्देशनको आधारमा आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।
‘म यो पक्ष त्यो पक्ष भन्दापनि नेपाली कांग्रेस पार्टीको पक्षमा छु’, उनले भने, ‘पार्टीले मेरो मूल्यांकन कसरी गर्छ, मेरो इच्छा भन्दा पनि मेरो आवश्यकतालाई कसरी लिन्छ त्यसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछु ।’
नेपाली कांग्रेस लोकतन्त्रिक पार्टी भएकाले सबैको मतको कदर हुनुपर्ने उनले बताए ।














