राष्ट्रियसभा उपाध्यक्षको पनि निर्वाचन गर्न वामदेवको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले राष्ट्रियसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न माग गरेका छन् । एक हप्ताभित्रै उपाध्यक्ष पदको निर्वाचन गर्न गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग माग गरेका हुन् ।

सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमल्सिनाको पुनः ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्व विहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

  • ३० असार २०७९, बिहीबार १४:०५ प्रकाशित