उपसभामुखको चुनावमा गठबन्धनलाई साथ दिदैं लोसपा

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि हुन लागेको उपसभामुखको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धनलाई साथ दिने भएको छ ।

संघीय संसदको प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय भएको लोसपा पार्टी स्रोतले जनाएको छ।

लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको हो।

गठबन्धनबाट काँग्रेसकी भुसालको उम्मेदवारी दर्ता भइसकेको छ भने उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • ३० असार २०७९, बिहीबार १३:४० प्रकाशित