काठमाडौं ।
नेकपा एमालेले उपसभामुखको उम्मेदवार छान्न छलफलमा बसीरहेको छ ।
पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। छलफल अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको बताइएको छ । एमाललेले भोलि शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुख पदमा गठबन्धनको उम्मेदवार हेरेर उम्मेदवारी दिने भएको छ ।
उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने छ ।यस्तै एमालेले शुक्रबार हुने उपसभामुखको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका सवै सांसदहरुलाई शुक्रबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।
गठबन्धनका तर्फबाट काँग्रेसका पुष्पा भुसाललाई उम्मेदवार बनाउने तय भैसकेको छ ।














