काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको जनाइएको छ ।
प्रहरीको अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागी कसरी भयो भन्ने खुलेको छैन ।














