पारिवारिक झगडामा कुटपिट : एकको मृत्यु, मृतकको बुबासहित ५ पक्राउ

केन्द्रभाग मिडिया

रुपन्देही ।

रुपन्देहीमा लेनदेनको विषयमा झगडा हुदाँ एकको ज्यान गएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका १ बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको हो । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर उनकी श्रीमती घाइते भएकी थिइन्। कुटपिटबाट घाइते भएका महेशको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको इलाका प्रहरी कार्यालय सूर्यपुरले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • २९ असार २०७९, बुधबार १५:२८ प्रकाशित