फेरि बढ्यो सवारी भाडा , कहाँ जान कति रुपैयाँ लाग्छ ? सूचीसहित

केन्द्रभाग मिडिया

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गते अर्थात हिजोदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २।६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।

बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

जारी गरिएको नयाँ भाडादरको सूचीअनुसार पोखरा काठमाडौंको भाडादर ६३६ रुपैयाँ पुगेको छ । यसअघि ६२५ रुपैयाँ रहेको थियो । पोखरा देखि काँकडभित्ताको भाडा १६११ रुपैयाँ, पोखरा–धरानको १४९२, पोखरा–नारायणगढ ३९७, पोखरा- महेन्द्रनगर २०५९, पोखरा -सुर्खेत १७०१,पोखरा -धनगढी १९०४,पोखरा -सुनौली ६७०, पोखरा- बुटवल ५९४ रुपैयाँ पुगेको छ ।

अन्य सबै ठाउँको भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • २८ असार २०७९, मंगलवार १०:१८ प्रकाशित