<p style="text-align:威而鋼
justify;”>पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले साउन १ गतेबाट देखिने गरि काम हुने दाबी गरेका छन् ।
आज पोखरा महानगरले राखेको पत्रकार सम्मेलनमा मेयर आचार्यले अहिले आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न बजेट अभाव रहेको बताउँदै ठुला र देखिने काम साउन १ गतेबाट हुने बताएका हुन् । उनले भने,‘हाम्रो पहिलो काम भनेको डाटा कलेक्सन हो, अहिले त्यसमा काम गरिरहेका छौं । देखिने गरी साउन १ गतेबाट काम हुन्छ ।’
कार्यक्रममा काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ चर्चामा रहेका बेला पोखराकाम मेयर किन छायाँमा परेको भन्ने प्रश्न गरिएको थियो । सो क्रममा उनले आफुलाई उनीहरुसँग तुलना नगर्न आग्रह गरे।
‘कतिपय सन्दर्भमा युट्युब लगायतमा धेरै स्क्यान्डल गर्ने गरेको पनि देखिन्छ विशेषगरी धरान र काठमाडौंलाई लिएर । यसमा मलाई तुलना नगरिदिनुहुन अनुरोध गर्दछु,’ मेयर आचार्यले भने, ‘त्यो नै काम गर्ने शैली हो भन्ने पनि होइन । कम्तिमा ५ वर्ष काम गर्ने भएपछि विधि, प्रक्रिया पु¥याएरै गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
उनले काम गरेको देखाउन मेयर दिनभरि खोलामा गएर गिटी कुट्दै बसेर नहुने भन्दै सिस्टममा गएपछि सबै काम हुने बताए । गिटी कुटेर मात्रै बस्ने भए अरु काम गर्न मेयरसँग कहाँ समय हुन्छ रु महानगरलाई सिस्टममा लगेपछि सबै हुने हो,’ उनले भने
महानगरले आर्थिक वर्ष ०७९÷८० का लागि ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार नगरसभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको छ । अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याएपनि महानगरले करको दर भने घटाएको हो ।














