बकर इदले शान्ति र भाइचाराको सन्देश दिन्छ : राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदले विश्व शान्ति र भाइचाराको सन्देश दिने बताएकी छिन् ।

आज इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई शुभकामना दिदै भण्डारीले यस्तो बताएकी हुन् । सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति तथा समृद्धिको लागि कामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरिन् ।

  • २६ असार २०७९, आईतवार ०८:५३ प्रकाशित