भारतबाट आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ८३ लाख रुपैयाँ बरामद

केन्द्रभाग मिडिया

धनुषा ।

आलुको बोराभित्र स्रोत नखुलेको ८३ लाख बढी नेपाली पैसा भेटिएको छ ।

सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको हो । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २१ असार २०७९, मंगलवार १६:२० प्रकाशित