निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया

काठमाडौँ । हाल उच्च मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थको खपत बढ्दा नेपाल आयल निगमलाई हुने घाटा समेत बढेको भन्दै खपत कम गराउन निगमले सरकारलाई १० उपाय सिफारिस गरेको छ ।

 

ती उपायहरु मध्ये दुई पाङ्ग्रे, तीन पांग्रे र साना सवारी साधानलाई पेट्रोलियम इन्धन कम दिन उपाय सुझाएको छ । उक्त उपायअनुसार मोटरसाइकललाई बढीमा एक पटकमा ५ लिटर, कार र जिपलाई एक पटकमा बढीमा २० लिटर दिने प्रस्ताव निगमले गरेको छ ।

त्यस्तै, शनिबार देशका प्रमुख सहरमा सवारी साधान निषेध गर्ने, आइतबार सार्वजनिक बिदा दिने व्यवस्था पुनः कार्यान्वयनमा ल्याउने, पेट्रोलियम गाडीको गाडीको आयात प्रतिबन्ध गर्ने, सरकारी, निजी र दुई पांग्रसहित सबै किसिमका सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, छोटो दूरीमा सवारी सधनको प्रयोग गर्न नपाइने जस्ता उपाय अपनाउन प्रस्ताव गरेको छ ।

त्यस्तै, ढुवानीका सवारीसाधनहरुसमेत पूर्ण क्षमतामा चलाउने, घरमा र सवारीमा अघिकतम विद्युत् खपत गर्ने र पेट्रोलियम इन्धन कम खपत गर्ने उपाय अवलम्बन गर्न निगमले प्रस्ताव गरेको छ ।

निगमले सामेबार बैठक बसेर यस्तो प्रस्ताव ल्याउको जनाएको छ ।

  • २० असार २०७९, सोमबार १८:२१ प्रकाशित