परराष्ट्र मन्त्रालय भन्छ : एसपीपी रद्दबारे अमेरिकालाई पत्र पठाइएको छैन

केन्द्रभाग मिडिया

काठमाडौं ।

परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई पत्र पठाइनसकेको बताएको छ । पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताइन् ।

प्रवक्ता लम्सालले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत उलने स्पष्ट पारेकी छन् । प्रवक्ता लम्सालले भनिन् ,ुअध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौं , उयुक्त समयमा अमेरिकालाई पत्र पठाउँछौं । ’

  • १९ असार २०७९, आईतवार १६:१४ प्रकाशित