काठमाडौं ।
बालबालिका लागि थप कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ ।
५ देखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आएको हो । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कतार एयरको उडानमार्फत आइतबार बिहान खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।