काठमाडौं ।
राहदानी विभागले पासपोर्ट वितरणमा ढिलाई गरेको भन्दै काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा राहदानी विभाग अगाडि प्रदर्शन भएको हो ।प्रर्दशनकारीहरुले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन प्रर्दशनमा उत्रिएको बताएका छन् ।
उनीहरुले महंगीले सतायो, राहदानीले रुवायो, ढिलासुस्ती अन्त्य गरजस्ता नारा लगाएर विरोधमा उत्रिएका थिए।सर्वसुलभ तरिकाले राहदानी वितरण गर्न उनीहरुको माग छ।
इमरजेन्सी पासपोर्टको लागि काठमाडौंको राहदानी विभागमा सर्वसाधरणको सधै भिड लाग्ने गरेको छ ।