ओलीलाई भेट्न अचानक बालकोट पुगे वामदेव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् ।

अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताए ।भेटमा के कुरा भयो भन्नेबारे भेटघाट सकिएको पछि जानकारी गराउने बजगाईले बताएका छन् ।

  • १६ असार २०७९, बिहीबार १४:०९ प्रकाशित