पोखरा रोपाई महोत्सवमा पर्यटक रमाए (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवसका अवासरमा पोखरा रोपाई महोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । परिषद्ले पोखरा २५ हेमजास्थित टमाइफाँटमा महोत्सव गरेको हो ।

टमाइफाँटको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव भएको थियो । पर्यटक आगमन कम हुने सिजनमा पर्यटकलाई आकर्षण गर्ने उदेश्यले पाररामा रोपाई महोत्सवको सुरुवात गरिएको थियो ।

आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । हरेक वर्ष विदेशी, नेपालीले रोपाईं महोत्सवमा रमाउने गरेका छन् ।

रोपाई महोत्सवमा सहभागीले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न सहयोग पुग्ने भनाई राखेका छन् ।

महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता लगायतका कार्यक्रम भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार समेत वितरण गरिएको थियो ।

  • १५ असार २०७९, बुधबार १७:२० प्रकाशित