काठमाडौं ।
आज बिहान बालुवाटारस्थित सुनौलो परिवार नेपाल,मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा लागेको आगोबाट ४ करोड बढीको क्षति भएको आँकलन गरिएको छ ।
झण्डै साढे दुई घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्टोर रुमबाट आगो सल्किएको आगो नियन्त्रणको लागि ८ वटा दमकल प्रयोग गरिएको थियो ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका, ललितपुर महानगर, प्रहरी र सेनाको दमकल तथा ट्यांकर प्रयोग गरेर आगो निभाएका हुन् ।
आगो निभाउन विभिन्न युनिटबाट १५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।