बुटवल ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी छिन् ।
वलीले राजीनामा बुझाएको र अब मन्त्रिपरिषद्को सल्लाहमा मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । ।
जेठ ३१ मा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले वलीलाई पक्राउ गरेको थियो । यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो ।
छानबिन समितिलाई सघाउन पार्टीको सल्लाहकार उनले राजीनामा दिएको प्रमुख सचेतक घर्तीले बताए ।














