बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन

केन्द्रभाग मिडिया

 पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पदमा बसिरहने आकांक्षा वा लालच पूरा गर्न पार्टी खोल्न नलागेको बताए । काठमाडौंमा नयाँ पार्टी घोषणा समारोहमा उनले प्रष्टिकरण दिदैं यस्तो बताएका हुन् ।

यस्तै उनले आफूमाथि पदलोलुप र परिवारवादको आरोप लागेको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएका छन् । यस्तै परिवारका सदस्यलाई केन्द्रीय सदस्य बनाए पनि गलत प्रचार भएको जिकिर गरे ।

‘दुबै आरोप सत्य होइन । पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

  • १४ असार २०७९, मंगलवार १५:५५ प्रकाशित