काठमाडौं ।
जनता समाजवादी पार्टीले पनि सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
आइतबार नेकपा ९एस०ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि सरकारमा नयाँ मन्त्री पठाउने तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी समितिले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको हो ।
जसपाको सोमबार साँझ बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने लगायतका निर्णय गरेको हो । अध्यक्ष उपेन्द्र यादवले पार्टीले चाहेको बेला मन्त्रीहरूलाई फिर्ता बोलाउने छलफल भइरहेको बताए ।














